छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा ज्यान जानेको संख्या २२ पुगेको छ । जसमा १८ पुरुष र ४ महिला रहेका छन् । ज्यान जाने मध्ये ८ जनाको मात्रै सनाखत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिनुभएको छ।
अहिलेसम्म दाङको घोराही ३ निवासि बस चालक वर्ष ३२ का मदन केसी , घोराही १७ का शिक्षक २८ वर्षका प्रदीप घिमेरे , दंगिशरण १ निवासि वर्ष ३० का सन्जीप रत्गैया, पुर्वि रुकुम भुमे गाउँपालिका – ६ निवासि २८ वर्षीय शिक्षक नरेश वली, घोराही १४ का १४ वर्षीय विजय जिएम, भेरी नगरपालिका जाजरकोटका आतिश नेपाली, चन्दननाथ नगरपालिका जुम्लाका हिक्मत बोहरा र कृष्णपुर ५ कन्चनपुरका खेमराज भट्टको मात्रै सनाखत भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
घाइते हुनेमा पाँच महिला र १० पुरुष रहेका छन् । घाइते सबैको बाकेको कोहलपुरमा उपचार भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।