जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु भएकाे छ । ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी भएका छन् ।
नेपालको शिक्षा क्षेत्रको विकासका लागि योगदान पुर्याएका जर्ज जोन र एलियाम्मा जाेनकाे प्रमुख अतिथ्यमा महोत्सव उद्घाटन गरिएकाे छ ।
कार्यक्रममा आईएमई समूहका अध्यक्ष हेमराज ढकालले नेपाली साहित्य र सिर्जनामा आफ्नो समूहले सधैं साथ दिने बताउनुभयो ।
कार्यक्रमको शुभारम्भमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाली साहित्य र भाषाको विकासका लागि पोखराको योगदान उल्लेखनीय रहेको बताउनुभयाे । यस्ता साहित्यिक महोत्सवले अब पोखरा सांस्कृतिक र पर्यटकीय शहर मात्रै नभएर साहित्यिक शहरका रूपमा पनि विकसित हुँदै गएको मन्त्री अधिकारीले बताउनुभयो ।
त्यसैगरी वरिष्ठ साहित्यकार सरुभक्तले प्रमुख अतिथि जर्ज जोन र एलियाम्माले नेपालको शैक्षिक विकास खासगरी पोखराको शैक्षिक विकासमा पुर्याएकाे योगदानबारे प्रकाश पार्नुभयो । जोन दम्पती पोखराको उच्च शिक्षाको विकासमा प्रमिथियस नै भएको सरुभक्तले जनाउनुभयो । उहाँले भारतको केरलमा जन्मेर पनि सम्पूर्ण अवसरलाई त्यागेर जोन दम्पतीले नेपालको शैक्षिक विकासमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयाे ।
महोत्सवको उद्घाटन गर्दै जर्ज जोनले आफूलाई पोखराले दिएको जति माया कतैबाट प्राप्त नभएको बताउनुभयो ।
महोत्सवमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डाक्टर निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्बियरलगायत रहेका छन् ।