जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषि क्रान्ति अहिलेको सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।
कृषिमा आधुनिक प्रविधिको विकास गर्दै नेपाललाई समृद्धिको दिशामा अगाडि बढाउने बताउनु भएको छ । दाङको घोराहीमा बिहीआारदेखि सुरु भएको प्रदेश नम्बर ५ स्तरीय प्रथम पोल्ट्री महोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो ।
कुखुरा तथा अण्डामा नेपाल आत्म निर्भर बन्दै गएकोमा खुशी व्यक्त गर्दै मन्त्री खनालले कृृषिमा लागेका र लाग्न चाहनेहरुका लागि सरकारले विभिन्न सहुलियत प्रदान गरेको र यसलाई आगामी दिनहरुमा बढाउँदै लैजाने पनि बताउनु भएको छ ।
कृषि क्षेत्रबाट हुने उत्पादनले नै नेपालको समृद्धिमा महत्वपूर्ण योगदान दिने भन्दै मन्त्री खनालले कृषकहरुका लागि पेन्सनको व्यवस्था गर्न लागेको बताउनुभयो ।
कृषि क्षेत्रमा बिचौलियाका कारणले वास्तविक किसानहरुले उत्पादित वस्तुको उचित मूल्य पाउन नसकेको भन्दै कृषि क्षेत्रमा बिचौलिया अन्त्यका लागि पनि सरकारले काम गरिरहेको मन्त्री खनालले बताउनु भयो ।
सुरक्षित कुखुरा तथा दाना व्यवसायी संघ दाङले आयोजना गरेको महोत्सबमा मन्त्री खनाललाई दाङको बदिया भाले कोसेली दिइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।