आज राष्ट्रिय भक्का दिवस : लोकप्रिय बन्दै राजवंशी समुदायको सास्क...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यद्वारा लिखित ‘कोष’ पुस्तकको आज सार्वजनिक गरिएको छ ।
साेच, खोज, म सक्छुलगायतका प्रेरणादायक पुस्तक लेखेर चर्चित बन्नुभएका शाक्यको नयाँ पुस्तक कोषमा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको छ ।
समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेल, साहित्यकारद्वय प्रकाश सायमी र डा गीता त्रिपाठीले सो पुस्तकको आज आयोजित कार्यक्रममा लोकापर्ण गर्नुभयो ।
सो अवसरमा समता शिक्षा निकेतनका सञ्जेलले लोकतन्त्रको संस्थागत विकासका लागि शिक्षा अपरिहार्य रहेको भन्दै आमजनताको पहुँचमा भन्दा कम लागतमा गुणस्तरीय शिक्षा पुर्याउने उद्देश्यले सबै जिल्लामा ८० वटा र विश्वका १२ वटा देशमा पनि समता स्कुल स्थापना गरेको जानकारी दिनुभयो ।
साहित्यकार डा त्रिपाठीले नेपालमा साहित्य र राजनीतिलाई अलग्याएर हेर्ने गरिएकाले राजनीति परिणाममुखी बन्न नसकेको बताउँदै आज लोकार्पण गरिएको कोष पुस्तकले नेपालको कर्मयोगका बारेमा सिकाउने छ भन्नुभयो ।
पुस्तकका लेखक शाक्यले कुराले नभई कर्मले नै मानिसलाई सफल बनाउने बताउँदै कोष पुस्तकले हरेक व्यक्तिलाई आशा, विश्वास र भरोसा जागृत गराउनेछ भन्नुभयो । समस्यासँग भागेर नभई जुधेर समाधानका विकल्प पहिल्याउन सकेमात्रै जीवन सार्थक हुने बताउँदै उहाँले हरेक नागरिकमा राष्ट्रप्रतिको कर्तव्यबोध नहुँदा नै नेपालले आर्थिक प्रगति गर्न नसकेको हो भन्नुभयो ।
फाइन प्रिन्टले प्रकाशनमा ल्याएको सो पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।