जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत साविक उपक्षेत्रीय अस्पताल विकास समितिका कर्मचारीहरुबीच शुक्रबार बेलुकी ११ बुँदे सहमति भएको छ ।
सहमतिसँगै आन्दोलनरत कर्मचारी २४ दिनपछि काममा फर्किएका छन् । कर्मचारी आन्दोलन निकै लामो बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको नेतृत्वमा विवाद समाधानका लागि टोली घोराहीमा आएको थियो ।
आन्दोलनरत कर्मचारी, प्रतिष्ठान, स्थानीय सरकार, जिल्ला प्रशासन, नागरिक समाज र प्रतिष्ठान सरोकार समितिका पदाधिकारीहरुसँग छलफलपछि राज्यमन्त्री यादवसहितको टोलीले कर्मचारी र प्रतिष्ठानबीच ११ बुँदे सहमति गराएपछि कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।
साविकको राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका सबै कर्मचारीहरुलाई प्रतिष्ठानको समानस्तर र तहको पदमा शर्त, बन्देज र सेवा सुबिधा लागु हुनेगरी प्रतिष्ठानमा समायोजन गर्ने पहिलो बुँदामा सहमति भएको छ ।
त्यसैगरी, प्रतिष्ठानकै ऐन नियमअनुसार करार सम्झौता हुने, हालसम्म भुक्तानी हुन बाँकी तलबभत्ता यथाशिघ्र प्रतिष्ठानले भुक्तानी गर्ने, प्रतिष्ठानको लोक सेवा आयोगबाट स्थायी पदपूर्तिपश्चात श्रेणीविहीन कर्मचारीबाहेकका अवकाश हुने कर्मचारीले कुनै माग र आन्दोलन गर्न नपाउने सहमति भएको छ ।
साथै श्रेणिविहीन र ज्यालादारी कर्मचारीहरुको सेवाअवधि तेस्रो पक्षबाट नल्याएसम्म र ल्याउनु र्ने देखिए हालकै कर्मचारीहरुलाई राख्ने, प्रतिष्ठानले आगामी असार मसान्तसम्म स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउने र हाल कार्यरत कर्मचारीहरुलाई एक महिनाको सूचना दिई प्रतिष्ठानले अवकाश दिने सहमति पत्रमा उल्लेख छ ।
त्यसैगरी प्रतिष्ठानले करार तथा ज्यालादारी कर्मचारीलाई आवश्यकताअनुसार काममा खटाउने, सेवाबाट बर्खास्तमा परेका हिमराज गौतमलाई हाल तीन महिना र ठगुराम भण्डारीलाई एक महिनाको करार म्याद थप गर्ने र ज्यालादारी कर्मचारीको हकमा मासिक ज्यालादारीको सम्झौता गर्ने सहमति भएको छ ।
प्रतिष्ठान र कर्मचारीहरुबीच सहमति भएपछि शुक्रबारदेखि कर्मचारी काममा फर्किएका छन् । तर गएको पुस मसान्तमा करार सम्झौता सकिएका नेपाल सरकारका विभिन्न तहका २४ कर्मचारीहरुको माग भने केन्द्रबाट सम्बोधन हुने भएकाले कुनै सहमति भएको छैन् ।
सहमति पत्रमा प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारी, आन्दोलनरत कर्मचारीहरुका तर्फबाट संघर्ष समितिका संयोजक हिमलाल गौतम, रोहबरमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र कानुन मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।
प्रतिष्ठानमा साविक उपक्षेत्रीय अस्पताल विकास समितिका ६२ बढी कर्मचारीहरुले पेशागत सुरक्षा र तलबभत्ताको माग गर्दै पुस ३० गतेदेखि काम रोकेर आन्दोलनमा उत्रिँदा उपचार सेवा प्रभावित भएको थियो ।
कर्मचारीको आन्दोलन लम्बिँदै जाँदा उपचार सेवा अवरुद्ध भएपछि राज्यमन्त्री यादवको नेतृत्वमा विशिष्ट श्रेणीका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेल, सहसचिव मधुसुदन बुर्लाकोटी र कानुन मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराई दाङ आउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।