जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – सवारी दुर्घटनामा परेर निधन भएका पाँच नम्बर प्रदेश सभा सदस्य उत्तरकुमार ओलीकाे शनिबार अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीकाे सलामी सहित दाङको दंगिशरण-६ मा रहेकाे बागर खाेलामा उहाँकाे छाेराले दागबत्ती दिएर अन्त्येष्टि गरिएको हाे ।
अन्तिम श्रद्धाञ्जली कार्यक्रममा संघीय संसदका सभामुख कृष्णबहादुर महरा, मुख्यमन्त्री शंकर पाेखरेल, प्रदेश सभामुख पूर्णबहादुर घर्ती, प्रदेश मन्त्री, संघीय संसद, प्रदेश सभा सदस्य, नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तकहरुकाे सहभागिता थियाे । उहाँकाे अन्त्येष्टिमा हजाराैं मानिसहरु उपस्थित भएका थिए ।
श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शंकर पाेखरेलले प्रदेश सदस्य उत्तरकुमार ओलीकाे निधनले प्रदेशलाई अपुरणीय क्षति पुगेकाे बताउनुभयाे । उहाँले उत्तरकुमार ओलीले देखेका सपना पूरा गर्ने जिम्मेवारी आफ्नाे काँधमा आएकाे समेत खेल्ने बताउनुभयाे ।
यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारले माननीय उत्तरकुमार ओली सडक सुरक्षा याेजना लागू गर्ने पनि पाेखरेलले बताउनुभयाे ।
'प्रदेश पाँचमा सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष कार्यक्रम ल्याउने छाैँ' उहाँले भन्नुभयाे, 'माननीय उत्तरकुमार ओली सडक सुरक्षा याेजना लागू गर्नेछाैँ, उहाँ हामी माझ नभए पनि उहाँकाे सम्झना सधैं रहिरहने छ ।'
प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पनि उत्तरकुमार ओलीकाे निधनले प्रदेश सभालाई ठूलाे क्षति पुगेकाे बताउनुभयाे । माघ २४ गते भएको सवारी दुर्घटनामा परेर घाइते भएका ओलीकाे उपचारको क्रममा १६ दिनपछि मेडिसिटी अस्पताल काठमाण्डौमा मृत्यु भएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।