वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
दाङ - दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा
दंगिशरण गाउँपालिका वडा नं. ६ थपगाउँ निवासी १८ वर्षीय गोरख चौधरीको ज्यान गएकाे छ ।
चौधरीकाे राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ । पिकअपका चालक फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।