लोकतन्त्र 'चित् कि पट्' खेलेर ल्याइएको व्यवस्था होइन: प्रम ओली

 चैत १०, २०७५ आइतबार १६:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र कुनै चिट्ठा खोलेर ल्याएको नभइ बलिदान गरेर ल्याइएकाले यसको संरक्षण सरकारले गर्ने बताउनुभयो । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले पूर्व राजाको तराई भ्रमणप्रति इंगित गर्दै फेरि पहिलेको दिन फर्केला भन्ने कल्पना नगर्न आग्रह गर्नुभयो । 
कोही कसैले राजतन्त्र, राजतन्त्र भनेर धेरै फट्याक फुटुक गर्न खोजेको भन्दै त्यसप्रति नागरिकका तर्फबाट सचेत गराउँछु,’ उहाँले भन्नुभयो ।

लोकतन्त्र हामीले चित् कि पट् खेलेर ल्याएको व्यवस्था वा गाई र त्रिशुल खेलेर ल्याएको पनि नभएकाले यसको विकल्प अरु हुनै नसक्ने उहाँले बताउनुभयो । 

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सरकार दृढ रहेको भन्दै उहाँले अब यो व्यवस्थाबाट नेपाल पछाडि फर्कन नसक्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया