विप्लवको लुट सरकारले नियन्त्रण गरेरै छाड्छ : प्रम ओली

 चैत १०, २०७५ आइतबार १६:४६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको विध्वंसात्मक गतिविधिलाई राज्यले जसरी पनि नियन्त्रणमा लिने बताउनुभएको छ । 

विप्लव समूहले लुट र हिंसात्मक गतिविधि नरोकेकाले कानुनअनुसार नियन्त्रण गरेरै छाड्ने दावी गर्नुभयो । 

प्रतिनिधिसभाको आजको बैठलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विध्वंस गर्दै आएको विप्लव समूहलाई पटक-पटक वार्ताका लागि आह्वान गर्दा पनि अटेर गरेकाले बाध्य भएर उसको गतिविधिमा प्रतिबन्ध लगाएर नियन्त्रण गर्नमा राज्य लागेको बताउनुभयो । 

अझै पनि सरकारले उनीहरुलाई समय दिएको भन्दै दिइएको समयमा हतियार बुझाएर ध्वंस छाड्न आग्रह गर्नुभयो । 

सरकारले दिएको समयमा नबुझाए उनीहरुबाट हतियार कसरी लिनुपर्छ सरकारलाई राम्रोसँग जानकारी रहेको पनि उहाँले बताउनुभयो । ‘हतियार बुझाउन समय दिएका छौँ । लुरुलुरु बुझाउन आए हुन्छ’ उहाँले भन्नुभयो, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’ 

साथै उहाँले ध्वंस छाडेर शान्तिपूर्ण रुपमा अवतरण नभए राज्यले नियन्त्रणमा लिएर कारबाही गरेरै छाड्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्य नियन्त्रण गर्न लाग्यो, ब्याक गियर छैन ।’

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया