प्रधानमन्त्री भएपछि ओलीले राष्ट्रियता बिर्सिए : मसाल महामन्त्री सिंह

 बैशाख १२, २०७६ बिहिबार १८:३९:१८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले सरकार कमजोर बन्दा गणतन्त्र विरोधी शक्तिहरुले चलखेल गर्ने मौका पाइरहेको बताउनु भएको छ ।

रिर्पोटर्स क्लब पाँच नम्बर प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै  नेता  सिंहले संघीयताकै कारण सरकार कमजोर बनिरहेको बताउनु भएको हो ।

स्थानीय तहलाई बलियो बनाउँदै संघीयता खारेज गर्ने हो भने गणतन्त्र पनि बलियो बन्ने उहाँको दाबी छ । राष्ट्रियताको सन्दर्भमा सरकारको नीति ढुलमुले रहेको भन्दै महामन्त्री सिंहले नागरिकता विधेयक र गृह मन्त्रालयको सर्कुलरले  राष्ट्रियताको धज्जी उडाएको आरोप लगाउनु भयो ।

राष्ट्रियताको अडानकै कारण सत्तासिन बनेका प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री बनेपछि राष्ट्रियता नै बिर्सिएको नेता सिंहको भनाइ छ । सरकार कमजोर भए पनि सरकारलाई विस्थापित गर्ने पक्षमा आफनो पार्टी नरहेको उहाँले स्पष्ट पार्नुभयो । सरकारी जग्गा हडप्नेलाई तत्काल कारबाही गर्न महामन्त्री सिंहले माग गर्नुभयो ।

एक वर् भित्र महाधिवेशन गरेर पार्टीलाई फरक ढंगबाट अगाडि बढाउने उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • dhama paudyal

    April 25, 2019, 9 p.m.

    सही कुरो गरेका छन मोहबिक्रम ले । जुन जुन बोली र अडानबाट जनाताले ओलि लाई सत्तामा पुर्याए त्यो सबै भुल्यो ओलि ले । यो नादान लाई इन्डिया र उस्को याने मोदिको दास प्रचन्डेले बिरालाले मुसा खेलाए जस्तोगरेर खेलायो । यस्तै हुन्छ भनेर मैले कथित पार्टी एकिकरण को कुरो उठेको दिनै देखी भन्दइ आएको हु । यस समबन्ध मा मैले १०० भन्दा बढी पोस्ट्-कमेन्ट गरी सकेको छु । साथिहरु ले अबस्य पढ्नु भएको होला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया