दुर्घटनामा प्रदेश ५ का युवा संघ अध्यक्ष मनाेहर बुढाथोकीसहित चारजना घाइते

 बैशाख १८, २०७६ बुधबार १२:३७:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रदेश ५ का युवा संघ अध्यक्ष मनाेहर बुढाथोकी घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शितगंगा नगरपालिका-८, अर्घाखाँचीमा युवा संघ प्रदेश ५ का अध्यक्ष मनाेहर बुढाथोकीसहित नेकपाका जिल्ला स्तरका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा बुढाथोकीसहित तीन जना घाइते भएका हुन् ।

मुख्यमन्त्री शंकर पाेखरेलसहित बुटवल जान थालेका युवा संघका अध्यक्ष बुढाथोकी सवार बा १९ च १३३ नमम्बरको  कारलाई नारायणघाट बाट घाेराही आउँदै गरेकाे ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियाे । दुर्घटनामा बुढाथोकीसहित नेकपा जिल्ला कार्यदल सदस्य शिवकुमार आचार्य, नेकपाका सदस्य लक्षमणकुमार शर्मा घाइते भएको अस्थायी प्रहरी पाेस्ट सापमारा अर्घाखाँचीले जनाएको छ ।

बुढाथोकीकाे टाउको र निधारमा चाेट छ । शिवकुमार आचार्यलाइ सामान्य खुट्टामा चाेट लागेकाे छ भने, लक्ष्मणकुमार शर्माकाे घाँटीमा चाेट लागेकाे जनाइएको छ । बुढाथोकी र शर्मालाई थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया