कार दुर्घटनामा परेर दाङका व्यवसायी तीर्थ आचार्यकाे मृत्यु

 बैशाख २०, २०७६ शुक्रबार ११:५१:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – कार दुर्घटनामा परेर दाङका व्यवसायी तीर्थ आचार्यको ज्यान गएकाे छ ।

दाङबाट चन्द्रौटातर्फ जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार कपिलवस्तुकाे शिवराज नगरपालिका-१ मामा खोलामा खसेर घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रहरीका अनुसार त्यही कारमा सवार लमही-८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको र उपचारको लागि बुटवल लगिएको छ ।

कार अनियन्त्रित हुँदा  सडकदेखि झण्डै तीन सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया