संसदमा राष्ट्रपतिको हाँसो

 बैशाख २०, २०७६ शुक्रबार १७:१८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कृषि उत्पादन वृद्धि गर्न आगामी आर्थिक वर्षमा सिँचाई व्यवस्था सर्वसुलभ बनाउने गरी योजना अगाडि बढाउने बताउनुभयो । 

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले जलविद्युतको अभाव भएका ठाउँमा पनि सौर्य उर्जाको मद्धतबाट सिँचाई व्यवस्था सर्वसुलभ बनाउने गरी काम भइरहेको बताउनुभयो ।  

‘बारीको पाटा र खेतका गरा, हुन्छन् सबै हराभरा’ भन्ने नाराका साथ पहाडी क्षेत्रका नदी छेउछाउका कृषि योग्य जमिनमा सौर्य उर्जा प्रयोग गरि लिफ्ट सिँचाई प्रयोग गरिने र तराईमा भूमिगत जल सिँचाई सर्वसुलभ बनाउने बताउनुभयो । 

‘बारीको पाटा र खेतका गरा, हुन्छन् सबै हराभरा’ भन्ने नारा उच्चारण गर्ने बेला भने उहाँको हाँसो रोकिएन ।  नीति तथा कार्यक्रममा काव्यात्मक रुपमा नारा बनाइएकाले राष्ट्रपतिको हाँसो नरोकिएको हो । सरकारको गएको वर्षको नीति तथा कार्यक्रम पनि यस्तै काव्यात्मक थियो ।

गएको वर्ष सरकारको नीति तथा कार्यक्रममा ‘देशको कुनै पनि भुभाग, कुनै पनि समुदाय वा व्यवसायका जनता पछि परे भने नेपाल विकसित भयो, अघि बढ्यो भन्न सकिँदैन । एक जना मात्र नेपाली भोकै रह्यो भने सबै नेपालीले खाएका छन् भन्न सकिँदैन,’ भन्ने कुरा उल्लेख थियो । तर यो नीति तथा कार्यक्रममा मात्रै सीमित रह्यो । कयौँ नागरिक भोकै बस्नुपर्ने अवस्था कायमै छ ।  


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया