रंगभेदी ब्यानरका कारण फिफाले लगायो रुसमाथि जरिवाना

 असार १७, २०७५ आइतबार १९:२७:२७ | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा) ले उरुग्वेसँगको खेलमा रंगभेदी ब्यानर प्रदर्शन गरेकोमा १० हजार स्विस फ्र्यांक्स जरिवाना गरेको छ । 

उरुग्वेसँगको खेलमा रुस ३–० ले पराजित भएको थियो । खेल चलिरहेका बेला रुसका प्रशंसकले रंगभेद झल्किने खालको ब्यानर प्रर्दशन गरेको फिफाले जनाएको छ । 

त्यस्तै सर्बियाले ब्राजिलसँगको खेलमा राजनीतिक तथा अपमानजनक शब्दसहितको ब्यानर प्रदर्शन गरेका कारण फिफाले उसलाई १५ हजार पाउण्ड जरिवाना लगाएको छ ।

त्यस्तै स्विडेनसँगको खेलमा मेक्सिकोका प्रशंसकले बोतल तथा विभिन्न बस्तु फालेकाले मेक्सिकोलाई पनि ११ हजार ५ सय पाउण्ड जरिवाना लगाइएको छ । 
त्यस्तै स्पेनसँगको २–२ को बराबरीमा खेल सकिएपछि मोरक्कोका टेक्निकल स्टाफले मैदानमै अवरोध पुर्याएकाले फिफाले उसलाई ५० हजार पाउण्ड जरिवाना तोकेको छ । 

गएको हप्ता गोल गरेको खुशी मनाउने क्रममा राजनैतिक सन्देश झल्किने हाउभाउ देखाएका कारण ३ जना स्विस खेलाडीलाई फिफाले कारबाही गरेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया