गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपीट गर्दा विद्यार्थीको टाउको फुट्यो

 जेठ ४, २०७५ शुक्रबार १२:११:२२ | तपेन्द्र बिष्ट
unn.prixa.net

teacher beat


डडेल्धुरा, जेठ ४ – परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालय बसौटीमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपीट गरेका छन् । 

गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थी कुटेका हुन् । गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीलाई निर्घात कुटपिट गरेको परिवारिक स्रोतले जनाएको छ ।
१२ वर्षीय राम कामीलाई शिक्षकले स्केलले टाउकोमा हान्दा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो । 

टाउकोमा गम्भीर चोट लागेपछि उनलाई नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो । निरन्तर रगत बगिरहको र त्यहाँ उपचार सम्भव नभएपछि कामीलाई थप उपचारका लागि कैलालीको जोगबुढा अस्पतालमा लगिएको थियो । 

अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि उनलाई शुक्रबार कैलाली लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले बताउनुभयो । अभिभावकले उचित उपचार खर्च उपलब्ध गराउन माग गर्दै निर्घात कुटपिट गर्ने शिक्षक अवस्थीलाई कडा कारबाहीको माग गरेका छन् । 

अन्तिम अपडेट: चैत २, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया