दाङमा दुई हप्तामा ३७ ठाउँमा वन डढेलोः  १ हजार ५ सय हेक्टर वनक्षेत्र नष्ट

 बैशाख २७, २०७६ शुक्रबार १६:३३:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - पछिल्लो दुई हप्तामा दाङका ३७ स्थानका वनमा डढेलो लागेर १ हजार ५ सय ४८ हेक्टर वनक्षेत्रमा क्षति पुगेको छ ।

डिभिजन वन कार्यालय दाङका अनुसार ३६  वटा सामुदायिक वन र एउटा रािष्ट्रय वन क्षेत्रमा आगो लागेको छ । चुरे र महाभारत क्षेत्रमा वन डढेलोको धेरै लागेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत एंव सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । दाङका एक दर्जन बढी वन क्षेत्रमा अहिले पनि आगो लागिरहेको छ ।

यो वर्ष  घोराही उपमहानगरपालिका र बबइ गाउँपालिकाको चुरे वन क्षेत्रमा वन डढेलो बढ्दो छ । डढेलाेबाट वनस्पति र वन्यजन्तु नाश भएको छ ।  बढ्दो गर्मीका कारण एक ठाउँमा डढेलो लाग्ने र तीव्र हावाले डढेलो फैलाउने भएकाले नियन्त्रणमा लिन अप्ठेरो भएको डिभिजन वन कार्यालयको भनाइ  छ ।

 

वनमा रहेको खर कागज उद्योगले लैजान बन्द गरेकाे र सचेतनाको अभावका कारण वन डढेलो फैलिएको वन डिभिजन कार्यालय दाङले जनाएको छ ।

वन डढेलो फैलिएर गाउँमा पस्दा वनको बीचमा रहेको घोराही उपमहानगरपालिका-१, को मालेगाँउ र सिरुखर्कका दुइ दर्जनभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया