प्रदेश ५ काे बजेट अधिवेशन सुरु

 जेठ २, २०७६ बिहिबार १४:४६:३२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश पाँच प्रदेश सभाको बजेट अधिवेशन बिहीबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि बजेट अधिवेशन भएको हो ।

बिहीबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको छ । बिहीबार बोल्ने सांसदहरुले बजेटलाई जनमुखी बनाउन सुझाव दिएका छन् । प्रदेश पाँचको अर्को बैठक ९ गते बस्नेछ ।

प्रदेश सरकार असार १ गतेभित्र बजेट पेस गर्ने गरी बजेट निर्माणमा जुटेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया