सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
दाङ - घोराही उपमहानगरपालिका-१, सिरुखर्क र तल्लोमाले गाउँका अग्निपीडित परिवारलाई एक व्यक्तिले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
घोराही उपमहानगरपालिका-१, सिमलतारा घर भएर हाल घोराही तल्लो ट्राफिकटोल बस्ने सुग्रीव वलीले सिरुखर्क गाउँमा पुगेर शनिबार सहयाेग रकम हस्तान्तरण गर्नुभएको हो ।
आफू पनि छिमेकी गाउँको बासिन्दा भएको र स्थानीयको दु:खमा सहयोगका लागि आफूले सहयोग गरेको भन्दै वलLले सहयोग संकलन कार्यमा पनि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गएकाे वैशाख २४ र २५ गते नजिकैकाे वनमा लागेको डढेलो बस्तीमा सल्किँदा ९ परिवारका २० भन्दा बढी घरगोठ जलेका थिए भने ५२ लाखभन्दा बढिको क्षति भएको थियो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।