संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – ‘लैङ्गिक विभेदको अन्त्यः समृद्ध नेपालको गन्तव्य’ भन्ने नाराका साथ बिहीबार पहिलोपटक ‘राष्ट्रिय महिला अधिकार दिवस’ मनाइँदैछ ।
वि. सं २०६३ सालमा प्रतिनिधि सभामा पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव ‘आमा वा बावुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने ग्यारेन्टी गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी अहिलेलाई कम्तीमा एक तिहाई महिलालाई राज्यको सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्न, विभेदकारी कानूनको खारेजी गर्न, महिलाप्रति हुने गरेका हिंसाको अन्त्य गर्न’ पारित भएको दिनको सम्झनामा सरकारले जेठ १६ गते ‘राष्ट्रिय महिला अधिकार दिवस मनाउने निर्णय भएको हो ।
दिवससँगै सरकारले यो वर्ष लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा विभिन्न कार्यक्रम पनि गर्ने निर्णय गरेको छ । अझै पनि समाजमा बोक्सीको आरोपमा कुटपीट, घरेलु हिंसा, बलात्कार, दाइजोजस्ता दुर्व्यवहार कायम रहेकाले यो दिवसले यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।