कर्मचारीहरुलाई बन्द/हड्ताल गर्न प्रतिबन्ध लगाइन्छ : मन्त्री पण्डित

 जेठ १९, २०७६ आइतबार १६:१४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्द/हड्ताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । 

मन्त्री पण्डितले बन्द/हड्ताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने पनि स्पष्ट पार्नुभयो । आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले इमान्दार भएर नागरिककाे सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने पनि बताउनुभयो । 

ट्रेड युनियनमा आबद्ध हुने कर्मचारीहरुले डयूटी नगरे पनि हुने मान्यता सरकारलाई स्विकार्य हुँदैन, मन्त्री पण्डितले भन्नुभयो । उहाँले ट्रेड युनियनमा आबद्ध पदाधिकारीहरुको मर्यादाक्रम विशिष्ट श्रेणीको कर्मचारी सरह हुनुपर्ने माग जायज नभएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया