सञ्चारसँग सम्बन्धित विधेयक फिर्ता लिन कांग्रेस नेता काेइरालाकाे आग्रह

 जेठ २०, २०७६ सोमबार ११:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली काङग्रेसका नेता शेखर कोइरालाले, सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानुन ल्याउन लागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

साेमबार विज्ञप्ती निकालेर उहाँले सरोकारवालासँग छलफल नै नगरी सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धि विधेयक सुटुक्क संसदमा पेश गरिनु गम्भीर विषय भएको बताउनुभएको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित र नियन्त्रित गर्ने प्रावधानहरु सहितका विधेयकहरु संसदमा लानु र पारित गर्न तम्सिनु अहिलेको सरकारको अधिनायकवादी चरित्रको विस्तारित रुप भएको उहाँले आरोप लगाउनुभएको छ ।

नेता कोइरालाले संसदमा दर्ता भएका सञ्चार क्षेत्रसँग सम्बन्धित विधेयक फिर्ता लिई सरोकारवालासँग पर्याप्त छलफल र सहमतिका आधारमा पुनः प्रस्ताव गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया