राजपा नेता यादवकाे प्रश्न : तराई/मधेशलाई उपेक्षा गरेर ल्याइएको बजेट कसरी कार्यान्वयन हुन्छ ?

 जेठ २०, २०७६ सोमबार १३:५७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले सरकारले तराई/मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको आरोप लगाउनु भएको छ । 

नेता यादवले ५२ प्रतिशत जनसंख्या भएको तराई/मधेशलाई उपेक्षा गरेर ल्याइएको बजेट कसरी कार्यान्वयन हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले धेरै जनसंख्या भएको भूगोलमा २० प्रतिशत पनि बजेट विनियोजन नगरेर सरकारले तराई/मधेशलाई बेवास्ता गरिरहेको पनि बताउनुभयो ।

नेता यादवले बजेटले संघीयतालाई आत्मासात गर्न नसकेको पनि बताउनुभयो । गएकाे वर्ष भन्दा पनि यस वर्ष प्रदेश र स्थानीय तहलाई कम बजेट विनियोजन गरेको उहाँको भनाइ छ । गएकाे वर्ष प्रदेश र स्थानीय तहलाई ३४ प्रतिशत बजेट विनियोजन गरेकोमा यस वर्ष ३० प्रतिशतमा झारेकोमा नेता यादवको आपत्ति छ ।

नेता यादवले बजेट कार्यान्वयनका लागि आवश्यक अनुगमनकारी निकायको व्यवस्था पनि बजेटमा हुन नसकेको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया