तोकिएको समयसीमामा फेसबुक, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता भएनन्
बैशाख ८, २०८२ सोमबार
मोरङ – प्रदेश १ को बजेट खर्चको बारेमा अर्थ समितिले चासो दिएको छ । खर्चको अवस्थाको बारेमा समितिले जानकारी मागेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले अहिलेसम्म भएको प्रगतीको बारेमा समितिलाई जानकारी गराएको हो ।
अर्थ समितिका सभापति मोहनकुमार खड्काको अध्यक्षतामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवनप्रकाश सिटौलाले चालु वर्षको बजेट २६ प्रतिशतले खर्च भइसकेको जानकारी दिनुभयो । सोचेअनुसार खर्च नभए पनि ६० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान रहेको उहाँले बताउनुभयो ।
आइतबारसम्मको विवरणअनुसार पूँजीगततर्फ २६ र चालु खर्च २७ प्रतिशत पुगेको सचिव सिटौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘६० प्रतिशत हाराहारी खर्च हुनसक्छ ।’ उहाँले आगामी आर्थिक वर्षका संघीय सरकारबाट सशर्त अनुदानतर्फ १३ अर्ब रूपैयाँ आउने अनुमान गरिए पनि ७ अर्बमात्रै आउने जानकारी दिनुभयो । यही कारणले गर्दा बजेट निर्माणमा चाप परेको उहाँले बताउनुभयो ।
अहिलेसम्म ३ अर्ब ३५ करोड आन्तरिक राजस्व प्राप्त भएको तर सवारी साधनको राजस्व बाँडफाँट वापतको रकम अझै प्राप्त नहुँदा स्थानीय तहमा पठाउनु पर्ने सशर्त अनुदानको रकम पठाउन समस्या भइरहेको उहाँले समितिलाई जानकारी गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।