तातोपानी भन्सारबाट रासायनिक मलको ढुवानी शुरु
बैशाख ७, २०८१ शुक्रबार
खोटाङ – केपिलासगढी गाउँपालिकामा सडकमाथिबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।
ढुंगाले लागेर केपिलासगढी गाउँपालिका–६ का चन्द्रबहादुर विकको ज्यान गएको दिप्सुङ स्वास्थ्यचौकीका अहेव रामविनयप्रसाद गुप्ताले उज्यालोलाई जानकारी दिनुभयो । ढुंगाले लागेर २० वर्षका प्रेम तामाङ घाइते हनुभएको छ ।
ढुंगा खसेको ठाउँमा घाँस काटिरहेका तीन चार जनाले भने भागेर ज्यान जोगाउन सफल भएका गुप्ताले जानकारी दिनुभयो ।