विश्वकप क्रिकेट : श्रीलंकाले आज अफगानिस्तानसँग खेल्दै

 जेठ २१, २०७६ मंगलबार १२:२४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

आफ्नो पहिलो खेलमा न्युजिल्याण्डबिरुद्ध नराम्रोसँग पराजित भएपछि श्रीलंकाले आईसीसी एकदिवशीय विश्वकपमा मंगलबार अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

यी दुईको खेल कार्डिफस्थित कार्डिफ वेल्स रंगशालामा मंगलबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हो । श्रीलंका न्यूजिल्याण्डसँग निरिह बन्दा अफगानिस्तान अष्ट्रेलियासँग पराजित भएको थियो । 

तर, प्रदर्शनको कुरा गर्ने हो भने आफ्नो पहिलो खेलमा श्रीलंका भन्दा अफगानिस्तान उत्कृष्ट देखिएको थियो ।

श्रीलंकाली टोली न्युजिल्याण्डबिरुद्ध १३६ रनमै समेटिएको थियो । अर्कोतर्फ अफगानिस्तानले अष्ट्रेलियाबिरुद्ध सुरुआतमा खराब प्रदर्शन गरे पनि पछि ब्याटिङमा कडा प्रतिस्पर्धा देखाई २०० रनको आँकडा पार गरेको थियो । 

श्रीलंका र अफगानिस्तान एकदिवशीय क्रिकेटमा अहिलेसम्म ३ पल्ट आमने सामने भएकोमा २ खेल श्रीलंका र १ खेल अफगानिस्तानले जितेको छ ।

पछिल्लो समय एक पछि अर्को उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटको महारथी बन्ने अभियानमा रहेको अफानिस्तान र पूर्व च्याम्पियन भएर पनि जारी विश्वकपमा कमजोर आँकिएको श्रीलंकाबीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ ।

पहिलो खेलमा निकै नै कमजोर प्रदर्शन पछि श्रीलंकाली टिम हतास मनस्थितिमा छ । अफगानिस्तानबिरुद्धको जितका लागि उसले मानसिक कमजोरी सुधार गर्नुपर्छ ।

न्युजिल्याण्डविरुद्ध श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेबाहेक अन्य सबै ब्याट्सम्यान फ्लप भएका थिए । 

अफगानिस्तानको बलियो पक्ष भनेको उसको बलिङ आक्रमण हो । बलरको आईसीसी बरियातामा तेस्रो र अलराउण्डरको बरियातामा दोस्रो स्थानमा रहेका रशिद खान, मुजिव उर रहमान र मोहम्मद नावीको स्पिन आक्रमण जुनसुकै बेला श्रीलंकाली ब्याट्सम्यानलाई अप्ठेरोमा पार्न सक्छ ।

अष्ट्रेलियालाई कम लक्ष्य भए पनि यिनीहरुले सजिलै जित्न दिएका थिएनन् ।

अर्कोतर्फ श्रीलंकाको बलिङ आक्रमण यस विश्वकपमा अपेक्षाकृत कमजोर छ । अनुभवी लसिथ मालिंगा आफ्नो स्वभाविक लयमा छैनन् । भिरा परेरा, नुवान प्रदीपले पनि राम्रो छाप छाड्न सकेका छैनन् ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया