जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले सुखद अन्त्य गरेको छ ।
समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हरायो ।मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २० ओभर चार बलमा मात्र ८९ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । निकै फितलो ब्याटिङ गरेको गण्डकीका कुनैपनि खेलाडीबीच राम्रो साझेदारी हुन सकेन ।
उसले एक रनमा पहिलो विकेट गुमाउँदा आठ रनमा दोस्रो र १५ रनमा तेस्रो विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको उसले ६३ रन बनाउँदा ६ विकेट गुमाएको थियो । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन र मात्र ८९ रनमा अलआउट भयो ।
उसका लागि राहुल शर्माले ४१ तथा आकाश थापाले १२ रन बनाए । यस्तै किशोर महतोले १४ रनको योगदान गरे । गण्डकीलाई कम स्कोरमा रोक्न विनोद लामाले ५ विकेट लिए ।
जवाफमा सुदूरपश्चिमले २९ ओभर दुई बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे । उसको जितमा आकाश चन्दले अविजित २९ तथा नरेन्द्र साउदले २३ रन बनाए । यस्तै लोकेश बमले १५ रन जोडे । उसका तीन खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।