तोकिएको समयसीमामा फेसबुक, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता भएनन्
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै - नेपाली कांग्रेसका सांसद सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिबिम्बित हुन नसकेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सरकारको लक्ष्यअनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गर्नुभयो ।
बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्ने मा नै अन्योल देखिएको तर्क उहाँले गर्नुभयो । बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निरासाजनक भएको टिप्पणी उहाँले गर्नुभयो । बहुमतको सरकारले देशको आर्थिक विकासका लागि निरन्तरतामा क्रम भंग गरी रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गर्नुभयो ।
उहाँले सम्मुन्त अर्थतन्त्रका लागि पर्यटन, राजश्व परिचालन लगायत क्षेत्रमा प्रभावकारी सुधार आउन नसकेको बताउनुभयो । उहाँले बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरे खुशी हुँ कि दुखी हुँ भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, 'मजस्तो एउटा व्यक्ति सांसद भएर खुशी हुँ कि नागरिक भएर दुखी हुँ ? खुशी हुँ कि दु:खी हुँ । म अलमलमा परेको छु ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।