पाँचाै पटक विश्वकप खेलिरहेका यी दुई खेलाडी

 जेठ २२, २०७६ बुधबार १२:५६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

कुनै पनि खेलाडीलाई विश्वकप खेल्ने ठूलो चाहना हुन्छ । केही खेलाडीहरु देशका लागि धेरै विश्वकप खेल्ने खेलाडीको सूचिमा पर्छन् । तर केही खेलाडीहरु भने आफ्नो खेल जीवनभर पनि  विश्वकप खेल्न पाउँदैनन् ।

भारतका सचिन तेन्दुलकर र पाकिस्तानका जावेद मियादादले छ पटक विश्वकप खेलेका छन् । उनीहरुको रेकर्ड बराबरी गर्ने तेस्रो खेलाडी अझै भेटिएका छैनन् । आज सन् २००३ देखि २०१९ सम्मको लगातार विश्वकप खेल्ने दुई जना खेलाडीको बारेमा जानकारी दिन गइरहेका छौं ।

१. क्रिस गेल

सन् २०१९ को विश्वकपमा वेस्टइण्डिजका क्रिस गेल पनि खेल्दैछन् । यो उनको अन्तिम विश्वकप पनि हो । उनले सन् २००३ मा पहिलो पटक विश्वकप खेलेका थिए । त्यसयता हरेक विश्वकपमा उनले खेलेका छन् ।

बायाँ हाते ब्याट्सम्यानका रुपमा सन् २००३ मा उनले करियरको सुरुवात गरेका थिए । उत्कृष्ट फर्ममा रहेका क्रिस गेल विग हिटर पनि हुन् । उनका अगाडि बल फाल्न विश्वका उत्कृष्ट बलरहरुलाई पनि हम्मे हम्मे पर्ने गरेको छ ।

२. मशरफे माेर्तजा

बंगलादेशका मशरफे माेर्तजाले सन् २००३ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । तीव्र गतिका बलरको रुपमा करियर सुरु गरेका माेर्तजा अहिले ३५ वर्षका भएका छन् भने उनको पनि यो पाँचौ विश्वकप हो ।

सुरुमा बलरको रुपमा टिममा परेका माेर्तजा पछिल्लो क्रममा ब्याटिङबाट पनि उनले राम्रो रन बनाउने क्षमता राख्छन् । तर उनी पटक पटक घाइते भएकाले पनि उनको करियरमा धक्का भने लाग्ने गरेको छ ।

सम्भवतः अन्तिम विश्वकप खेल्दै गरेका माेर्तजाको काँधमा बंगाली टिमको पूरै जिम्मेवारी त छँदैछ, साथ साथै बलिङ लाइन अपको पनि मुख्य भूमिका निर्वाह गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया