जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - खेलकुद सामग्रीको उत्पादक कम्पनी केल्मी खेलकुद अवार्डको प्रायोजकका रुपमा भित्रिएको छ । यसका साथै उसको नेपाल शाखाको आधिकारिक वेबसाइट सार्वजनिक गरिएको छ ।
काठमाण्डौमा एक कार्यक्रममा केल्मी नेपालले आफ्नो वेबसाइट लञ्च गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्चको स्पोर्टस अवार्डमा जोडिएको केल्मीको वेबसाइटलाई महिला राष्ट्रिय फुटबलर सावित्रा भण्डारीले लञ्च गरेकी हुन । यो वेबसाइटमा नेपालमा पाउने उत्पादनको जानकारीका साथै अनलाइनबाट पनि किन्न सक्ने बनाइएको छ ।
केल्मीले यो अवार्डका लागि पोसाक उपलब्ध गराउनेछ । आउँदो असार १७ गते हुने कार्यक्रममा १० विधामा पुरस्कार वितरण गरिनेछ । यो कार्यक्रम एभिन्यूज टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रममा उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष खेलाडी, पपुलर अवार्ड, पिपल्स च्वाइसलगायतका छन् ।
यही आइतबार पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको थियो । जसमा सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी र शारिरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।