फुटबल खेल्नकै लागि १४ वर्षकाे उमेरमा घर छाडेकी मार्टा : जाे ६ पटक 'फिफा प्लेयर अफ् द इयर' भइन्

 जेठ २५, २०७६ शनिबार ११:३६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा महिला विश्वकप फुटबल शुक्रबारबाट फ्रान्समा सुरु भएको छ । महिला विश्वकप फुटबलको आठौं संस्करण आगामी जुलाई ७ सम्म चल्ने छ । 

पाँचौ पटक विश्वकप खेलिरहेकी ब्राजिलकी खेलाडी मार्टा द सिल्वाको कहानी भने प्रेरणादायक छ । उनले फुटबल खेल्दा परिवार र समाजले निकै विरोध गरे । जसका कारण उनी १४ वर्षको उमेरमै घर छाड्न बाध्य भइन् । विश्वकपमा उनले अहिलेसम्म १५ गोल गरिसकेकी छिन् ।

मार्टाले ८ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरेकी थिइन् । चार पटक ओलम्पिक खेलिसकेकी ३३ वर्षीया मार्टा ब्राजिलको सानो शहरबाट आएकी हुन् । तर उनको परिवार र समाजका सदस्यहरु महिलाले फुटबल खेल्न हुँदैन भनेर विरोध गर्थे ।

विरोधका बावजुद पनि उनले फुटबल खेल्न छाडिनन् । परिवारका सदस्यमध्ये उनलाई आमाले मात्र सहयोग गरेकी थिइन् । 

मार्टाले अहिलेसम्म ६ पटक फिफा प्लेयर अफ् द इयरको उपाधि समेत हात पारेकी छिन् । उनले अहिले ब्राजिलको कप्तानी गरिरहेकी छिन् । 

ब्राजिलकी मिडफिल्डर फरमिगो सात पटक विश्वकप खेल्ने फुटबलर बनेकी छिन् । सात पटक विश्वकप खेल्ने पुरुष खेलाडी पनि छैनन् । उनले अहिलेसम्म उपाधि भने दिलाउन सकेकी छैनन् । ४१ वर्षीय फरमिगोको यो अन्तिम विश्वकप हुने बताइएको छ । 

सन् २००७ को विश्वकपमा ब्राजिल फाइनलमा पुगे पनि जर्मनीसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया