घोराहीका ४७५ बेराेजगारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाए काम

 जेठ २७, २०७६ सोमबार १४:५:३४ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराही उपमहानगपालिकाले ४७५  कामदार छानेको छ । प्रत्येक वडाबाट २५ जनाका दरले चालु आर्थिक वर्षको असार मसान्त म्म काम गर्ने गरी उपमहानगरले ३६ वटा योजना छनोट गर्दै त्यसमा रोजगारीका लागि १९ वडाबाट २५ जनाका दरले ४ सय ७५ जना कामदार छानिएका छन् ।

उपमहानगरपालिकाका विभिन्न आयोजनामा काम गर्ने गरी ४० हजार देखी ५ लाख रुपैयाँसम्मको योजना छनोट भएको रोजगार संयोजक शरद पाण्डेले जानकारी दिनुभयो । छनोटमा परेका कामदारले सरसफाइ, वृक्षारोपण, कल्भर्ट निर्माण, बाटो मर्मत, सिँचाइ पोखरी निर्माण, कुलो निर्माण, बगैँचा निर्माण, पर्खाल निर्माण जस्ता कामहरु गर्नु पर्ने छ ।

एक महिनामा सक्नु पर्ने आयोजनाका लागि केन्द्र सरकारले घोराही उपमहानगरमा १ करोड रुपैयाँ पठाएको छ । कामदारले दैनिक ५ सय रुपैयाँ पाउने छन् भने ७ घण्टा काम गर्नुपर्ने छ । रोजगारीका लागि उपमहानगरपालिकामा १३ हजार २ सय ५७ जनाले फारम भरेका थिए । त्यस मध्यबाट मापदण्ड अनुसार छनोट गर्दा एउटा वडामा २५ जनालाई रोजगार दिने निर्णय भएको संयोजक पाण्डेले बताउनुभयो ।

वर्षभरिको कमाइले ३ महिना खान नपुग्ने कृषिमा आश्रित परिवार, बसोबासका लागि आफ्नै घर नभएको, एकल महिला, दलित अल्पसंख्यक समुदाय, कोही पनि सदस्यले न्यूनतम रोजगारी नपाएको, शहिद तथा बेपत्ता परिवारका सदस्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएका छन् ।

कामदारलाई आवस्यक पर्ने सबै उपकरणहरु समेत आइसकेको र केही दिनमा कार्यक्रम लागु गरी काम सुरु हुने संयोजक पाण्डेको भनाइ छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया