महिला विश्वकप फुटबल : दक्षिण अफ्रिकाविरुद्ध चीनको जित

 जेठ ३१, २०७६ शुक्रबार ६:४८:४८ | एजेन्सी
unn.prixa.net

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित निकालेको छ । चीनले दक्षिण अफ्रिकालाई १–० ले हरायो ।

समूह बी अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै चीनले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । फ्रान्सको पेरिसमा भएको खेलमा चीनलाई जित दिलाउनका लागि लि यिङको गोल निर्णायक बन्यो । उनले खेलको ४०औं मिनेटमा गोल गरेकी थिइन् ।

यसअघिको खेलमा चीन जर्मनीसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया