प्रदेश पाँचकाे बजेट ३६ अर्ब ४१ करोड: पूर्वाधार , कृषि र पर्यटनलाई प्राथमिकता

 असार १, २०७६ आइतबार १८:४३:४२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - प्रदेश नम्बर पाँच सरकारले ३६ अर्बभन्दा बढिको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको बैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । विनियोजित बजेटमध्ये चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख अर्थात ३६ दशमलव ९४ प्रतिशत र पूँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात ५१ प्रतिशत रहेको छ ।

विनियोजित बजेटमध्ये आन्तरिक स्राेतबाट ४ अर्ब ५९ करोड ४० लाख , राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँडबाट ३० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख,सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आर्थिक वर्षको बचतबाट ५ अर्ब, समपूरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड रहने अनुमान रहेको छ ।

बजेटमा पूर्वाधार विकास, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

बजेटको पूर्ण पाठ 

अन्तिम अपडेट: फागुन २८, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया