५ नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष श्रेष्ठद्वारा राजीनामा

 असार २, २०७६ सोमबार १८:३:५३ | भवानीप्रसाद पाण्डे

रुपन्देही - प्रदेश पाँचका योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाशकुमार श्रेष्ठले राजीनामा दिनुभएको छ ।

प्रदेश योजना आयोगका अध्यक्षसमेत रहनु भएका मुख्यमन्त्री शंकर पोखरेलसमक्ष उपाध्यक्ष श्रेष्ठले राजीनामा दिनुभएको हो । २०७४ चैत्र ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले डाक्टर श्रेष्ठलाई प्रादेशिक योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशकबाट काज मिलाएर आउनु भएका श्रेष्ठको कार्यकारी निर्देशकमा बढुवा भएपछि पुन: उहाँ राष्ट्र बैङकमा नै फर्कनु भएको छ । १५ महिना प्रादेशिक योजना आयोगको जिम्मेवारीमा रहँदा डाक्टर श्रेष्ठले प्रदेशको स्थिति पत्र र प्रादेशिक आवधिक योजना बनाउने कार्यको नेतृत्व गर्नुभएको हो ।

जेठ १४ गते नै उहाँले राजीनामा दिए पनि बजेट सार्वजनिक भएपछि मात्रै राजीनामाको विषय बाहिर आएको हो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया