ललित स्मृति यू-१८ प्रतियोगिताः नेपाल पुलिस क्लबद्वारा सरस्वती युथ क्लब ५-१ ले पराजित

 असार १९, २०७६ बिहीबार १७:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललित स्मृति यू-१८ प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।

एन्फा मैदानमा बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले सरस्वती युथ क्लबलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्‍यो । 

पुलिसका लागि सञ्जु सेनले ह्याट्रिक गरे । खेलको १८ औ‌ं मिनेटमा सञ्जुले पहिलो गोल गर्दै क्लबलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि उनले ४५ र ७४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै रबिन राई र एन्सन राईले ७७ र ८१ औं मिनेटमा एक एक गोल थपे । 

सरस्वती क्लबका लागि ७८ औं मिनेटमा बिमल सिलवालले सान्त्वनाको रुपमा एक गोल फर्काए । नेपाल पुलिस क्लबले दोस्रो जित हात पार्दा सरस्वतीले भने लगातार दोस्रो हार बेहोरेको छ ।  

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया