कुलोमा डुबेर डेढ वर्षीय बालकको ज्यान गयो

 असार ३०, २०७६ सोमबार १२:१८:९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङकाे घोराही उपमहानगरपालिका ६ मा रहेकाे कुलाेमा डुबेर डेढ वर्षीय बालकको ज्यान गएको छ । 

घोराही उपमहानगरपालिका ६ अगराका हर्कजित खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घर नजिकै खेल्ने क्रममा कुलोमा डुबेर गम्भीर भएका शिशिरलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको दाङका प्रहरी प्रवक्ता बिनोदविक्रम शाहले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया