प्रतिस्पर्धाका क्रममा घाइते भएका रुसी बक्सर म्याक्सिम दादाशेभको मृत्यु

 साउन ८, २०७६ बुधबार १८:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

आधिकारिक फाइटमा घाइते भएका रसियन बक्सर म्याक्सिम दादाशेभको मृत्यु भएको छ ।

आईबीएफ लाइट वेल्टरवेटमा सुब्रियल माटियाससँग प्रतिष्पर्धा गर्ने क्रममा घाइते भएका दादाशेभको उपचारका क्रममा मृत्यु भएको हो । गएकाे शुक्रबार माटियासविरुद्धकाे खेलमा घाइते भएपछि उनी ड्रेसिङ रुममा समेत हिँडेर जान सकेका थिएनन् । फाइटको एघारौं चरणमा उनी घाइते भएका थिए ।

विपक्षीको मुक्का लागेर उनको टाउकोमा रगत जमेपछि तत्कालै शल्यक्रिया गरे पनि उनको ज्यान भने बाँचेन । घटनालाई लिएर रुसी बक्सिङ महासंघले अनुसन्धान गर्ने भएको छ । महासंघका महासचिव उमर क्रेमलेभले खेलका क्रममा नियम उलंघन भएको हुन सक्ने बताउँदै भने,‘हामीले हाम्रा उदीयमान खेलाडी म्याक्सिमलाई गुमायौं ।’

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया