सिंगापुरविरुद्ध ‘बेस्ट अफ् द बेस्ट’ क्रिकेट खेल्छौँ : कप्तान पारस खड्का

 साउन ११, २०७६ शनिबार १२:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

कुवेतविरुद्ध सात विकेटको जित निकालेको नेपाली टिमका कप्तान पारस खड्काले आज बलरले राम्रो खेलेको र ब्याटिङमा पनि सबैले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । 

तर पनि अब नेपालका लागि सिंगापुरविरुद्ध आइतबार हुने खेल नै मुख्य रहेको र त्यसका लागि टिमले उत्कृष्ट प्रदर्शन गर्ने धारणा राखे ।

नेपालको जितमा ६८ रनको पारी खेलेका कप्तान पारसले आफूले जहिले पनि टिम र देशका लागि राम्रो खेलौँ भन्ने चाहेको त्यहीअनुसार सक्दो प्रयास गरेको बताए । उनले बलिङमा बसन्त रेग्मी र सन्दीप लामिछानेको योगदानको कदर गरे ।

विश्वकप छनोट खेल्ने नेपालको सपना पूरा गर्न सिंगापुर वरुद्धको खेल निकै महत्वपूर्ण रहेको बताउदै पारसले बेस्ट क्रिकेट खेल्ने बताए । सिंगापुर टिम पनि बलियो रहेको र उसको होम मैदान रहेकाले टिमले पनि त्यहीअनुसारको योजना बनाएर खेल्ने उनको भनाइ थियो ।

‘हामीले अहिलेसम्म बेस्ट अफ् द बेस्ट क्रिकेट खेलेका छैनौ, त्यो खेल सिंगापुरविरुद्ध देखाएमा विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेमा हामी विश्वस्त छौँ’, कप्तान पारसले भने ।

आइतबारको खेलमा सिंगापुरलाई हराएमा नेपाल टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ ।

समबन्धित समाचार

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया