धनुषामा मनि ट्रान्सफरबाट रकम चोरी गर्ने दुई जना पक्राउ

 साउन १२, २०७६ आइतबार ७:३९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – धनुषामा मनि ट्रान्सफरबाट रकम चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनषा शहीदनगर नगरपालिका–३ गोठकुवा बस्ने १९ वर्षका गोविन्द यादव र २८ वर्षका रामु यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गएको शुक्रबार राति १ बजेको समयमा प्रहरीले उनीहरुलाई नगद ३ लाख ३९ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको थियो । उनीहरुले स्थानीय पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाएर रकम चोरी गरेको इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।

रकमसहित पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया