जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा सिंगापुरले नेपाललाई १९२ रनको विजय लक्ष्य पेश गरेको छ ।
सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीको प्रदर्शन सानदार रह्यो । उसले १९१ रनको योगफल खडा गर्न ६ विकेट गुमाएको हो । नेपाली बलरहरु प्रभावहीन खेलमा उनीहरुले घरेलु मैदानको राम्रो सदुपयोग गरे ।
नेपालले केहिबेरमा लक्ष्य पछ्याउन सुरु गर्नेछ । यूएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनका लागि आजको खेलमा नेपालले सिंगापुरलाई हराउनैपर्नेछ ।
नेपालका लागि यो कीर्तिमानी लक्ष्य पनि हो । ट्वान्टी२० अन्तर्राष्ट्रिय नेपालले पाएको सर्बाधिक लक्ष्य हो । यो लक्ष्य पूरा गरेमा सर्बाधिक रन चेजको कीर्तिमान पनि बन्नेछ ।
सिंगापुरले दोस्रो ओभरमै आफ्ना ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई गुमाएको थियो । करण केसीले उनलाई आउट गरेका थिए । तर, त्यसपछि आएका तिमोथी डेविडले अर्का ओपनर रोहन रंगराजनसँग मिलेर दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । १०.४ ओभरमा रंगराजनलाई अविनाश बोहोराले ४९ रनको व्यक्तिगत स्कोरमा आउट गरे ।
चौथो नम्बरमा ब्याटिङमा आएका मनप्रित सिंहसँग मिलेर डेविडले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे ।
१८ औं ओभरमा अविनाशले सिंगापुरको २ विकेट झारे । ओभरको दोस्रो बलमा उनले विष्फोटक पारी खेलिरहेका डेविडलाई आउट गरे । डेविडले ४३ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७७ रन बनाए । त्यसको २ बलपछि चेतन सूर्यवंशीलाई उनले खाता खोल्नै दिएनन् ।
१८.४ अेभरमा करण केसीले २७ बलमा ४२ रन बनाएर खेलिरहेका मनप्रित सिंहलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए । अन्तिम ओभरमा अविनाशले जनक प्रकाशलाई बोल्ड गरेका थिए ।
डेथ ओभरमा प्रभावशाली देखिएका अविनाशले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीले २ विकेट झारे । स्पिनरहरु सन्दीप लामिछाने र बसन्त रेग्मी आजको खेलमा महंगा सावित भए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।