प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज दोस्रो नम्बरमा : सचेत हुन ...
चैत २०, २०८१ बुधबार
काठमाण्डौ – राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई घटनाको तत्काल छानबिन समिति बनाउन सरकारलाई दबाब दिनुभएको छ ।
संयोजक यादवले सर्लाहीमा भएका मृत्युको घटनाको छानबिन गर्न संसदीय समिति गठन नगरे सोमबार बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी समेत दिनुभयो ।
आइतबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सर्लाहीमा भएका दुवै मृत्यु प्रकरण गैरन्यायिक भएकाले आफ्नो पार्टीले संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको र त्यसको सुनुवाइ नभए सोमबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरिएको बताउनु भयो ।
नेत्रविक्रम चन्द समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंंहको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्यसको न्यायिक छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले यसअघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
संयोजक यादवले गैरन्यायिक ढंगले प्रहरीबाट मारिएका ती दुवै प्रकरणको छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने पार्टीको अडान रहेको पनि दोहोर्याउनु भयो ।
संयोजक यादवले पार्टीको आसन्न महाधिवेशनको तयारीको कामलाई पनि तीव्रता दिइएको बताउनु भयो । उहाँले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालसँग पार्टी एकताका लागि वार्ता प्रक्रियालाई जारी राखिएको पनि जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।