कोलम्बियाका इगान बर्नालले जिते ‘टुर दि फ्रान्स’को उपाधि

 साउन १३, २०७६ सोमबार ७:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिष्ठित साइकल र्‍याली टुर दि फ्रान्सको उपाधि कोलम्बियाका चालक इगान बर्नालले जितेका छन् ।

२१औं चरण लामो चल्ने रेसमा टिम इनियोसका बर्नालले ८२ घण्टा ५७ मिनेटमा दुरी पूरा गर्दै पहिलो भए । २२ वर्षे बर्नाल टुर दि फ्रान्स जित्ने सबैभन्दा कान्छ खेलाडी बनेका छन् । यससँगै उनी यो प्रतिष्ठित उपाधि जित्ने पहिलो कोलम्बियन खेलाडी पनि बनेका छन् ।

बर्नालभन्दा एक मिनेट ११ सेकेण्डले पछि परेका बेलायतका जेराइन्ट थोमस दोस्रो भए भने नेरदल्याण्डका स्टेभेन क्रुइस्वीक तेस्रो भए ।

अन्तिम चरणमा अष्ट्रेलियाका सेलेब इभान पहिलो भए । उनले तीन घण्टा चार मिनेट आठ सेकेण्ड मार्क गरेका थिए ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया