मनसुन कम सक्रिय हुँदै, यस्तो छ तीन दिनसम्मको मौसम

 साउन १३, २०७६ सोमबार ७:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - केही दिन सक्रिय रहेको मनसुन विस्तारै कम सक्रिय हुँदै गएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ भएकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन् ।  

तर केहीदिनमा मनसुन फेरि सक्रिय भएर देशभर पानी पर्ने मौसमविद् शान्ती कँडेलले बताउनुभयो । सोमबार काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।  

बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भूभागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको कँडेलले बताउनुभयो । 

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएको छ । 
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया