पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध
चैत १६, २०८१ शनिबार
नवलपरासी - नवलपरासीकाे गैंडाकोट नगरपालिका –५, बाट जुवा खेल्दै गरेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गैंडाकोट –५, बैकुण्ठ टोलमा रहेकाे चुडामणी पौडेलको घरमा जुवा खेलीरहेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो ।
प्रहरीले गैंडाकोट घर भएका ३५ वर्षीय लक्ष्मिकान्त पौडेल, ५० वर्षीय चुडामणी पौडेल, ३८ वर्षका लोकनाथ शर्मा, २६ वर्षका शालिकराम पौडेललाई पक्राउ गरेकाे हाे । यस्तै ४३ वर्षीय देबेन्द्र चालिसे, ३० वर्षीय हरिप्रसाद तिवारी, ४२ वर्षीय शिवहरि ढकाल, बाग्लुङ्ग घर भएका ४३ वर्षीय केशव सुवेदी, ४९ वर्षीय डोलराज शर्मा र ५८ वर्षीय गोकर्ण आचार्य पक्राउ परेका छन् । प्रहरीले जुवाको खालबाट ८० हजार ९ सय ३५ रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ परेका सबैजनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ । उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १ सय २५ अनुसार जुवा सम्बन्धी मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
जस अनुसार पहिलो पटक जुवा खेल्नेलाई तीन महिना कैद वा तीस हजार रुपैयाँ जरिवाना र दोश्रो पटक खेल्नेलाई एक वर्ष कैद वा पचास हजार रुपैयाँ जरिवाना हुन सक्ने प्रावधान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।