चिर्पटले हानेर छोराले गरे बुवाको हत्या

 साउन १३, २०७६ सोमबार १५:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – गोदावरी नगरपालिका– ५ मा छोराले बुवाको हत्या गरेका छन् । बर्बाटाका ३० वर्षीय रामसिंह कुमालले चिर्पटले हानेर ६० वर्षीय बुवा अम्बर कुमालको हत्या गरेका हुन् । 

आइतबार राति घरायसी विवादका क्रममा छोराले चिर्पट प्रहार गर्दा उहाँको ज्यान गएको  प्रहरीले जनाएको छ । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो । उहाँको उपचारका क्रममा नै ज्यान गएको हो । 

बुवाको हत्यापछि भागेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया