साफ यू–१५ फुटबल: उदघाटन खेलमा नेपाल र भारत

 साउन १४, २०७६ मंगलबार १५:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साफ यू–१५ फुटबल प्रतियोगिता भारतमा हुने भएको छ ।

भारतको पश्चिम बंगालमा रहेको कल्याणी रंगशालामा भदौको चार गतेदेखि प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।

२०१८ को उप-विजेता पाकिस्तानले यस पटक याे प्रतियोगिता नखेल्ने जनाएको छ । समूह चरणको नतिजाका आधारमा शीर्ष २ टिमकाबीचमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा नेपाल र भारत खेल्नेछन् भने प्रतियाेगिताकाे फाइनल खेल भदौ १४ गते हुनेछ ।

उद्घाटनकै दिनकाे दाेस्राे खेल श्रीलंका र भुटानबीच हुनेछ । यसैगरी भदौ ६ गते नेपाल र श्रीलंका तथा भुटान र बंगलादेशले पनि खेल्नेछन् ।

भदौ आठ गते भने नेपालको कुनै पनि खेल छैन । त्यस दिन बंगलादेश र श्रीलंका तथा भारत र भुटानबीच खेल हुनेछन् । भदौ १० गते नेपाल र बंगलादेश तथा भारत र श्रीलंकाले खेल्नेछन् ।

समूह चरणको अन्तिम खेलमा भदौ १२ गते नेपालले भुटानसँग तथा बंगलादेशले र भारतसँग खेल्नेछन् । गएकाे वर्ष काठमाण्डौमा भएको यू-१५ साफ फुटबलमा नेपाल चौथो भएको थियो । यसपटकको प्रतियोगिताका लागि नेपाली टिमले तयारी सुरु गरिसकेको छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया