जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
प्रिमियर लिगमा गएकाे वर्ष भएको खेलमा रंगभेदी शब्द प्रयोग गरेका एक जना चेल्सी समर्थकलाई आजीवन प्रतिबन्ध लागेको छ ।
चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा घरेलु समर्थकले म्यान्चेष्टर सिटीका रहिम स्टर्लिङलाई रंगको आधारमा अपशब्द प्रयोग गरेको प्रमाणित भएपछि प्रतिबन्ध लगाइएको हो । यो म्याच अघिल्लो वर्षको डिसेम्बर ८ मा भएको थियो ।
एक जनालाई आजीवन प्रतिबन्ध लाग्दा अन्य पाँच जनालाई पनि प्रतिबन्ध लगाइएको छ । प्रहरीले त्यस घटनालाई लिएर अनुसन्धान गरेको थियो । उनीहरुलाई अपराधसम्बन्धी कारबाही गर्नका लागि प्रमाण नपुगेकाले दुई वर्षसम्मको लागि प्रतिबन्धमात्र लगाइएको हो ।
यस घटनामा चेल्सीले पछि छुट्टै अनुसन्धान गरेको थियो । तर, क्लबले निर्णय लिन ढिलो भएको जनाउँदै प्रहरीको निर्णय मान्य हुने जनाएको छ । चेल्सीले ६ जना समर्थकले मर्यादा बिर्सेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।