भदौको पहिलो हप्ताभित्र काठमाण्डौका सडकमा बिजुली बस

 साउन १७, २०७६ शुक्रबार १९:३५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निजी क्षेत्रकाे सुन्दर यातायातले भदौको पहिलो हप्ताभित्र विद्युतीय सार्वजनिक बस सञ्चालनमा ल्याउने भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लबमा वेबसाइटको सुरुवात गर्दै सुन्दर यातायतले भदौको पहिलो हप्ताभित्र काठमाण्डौ उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको हो । 

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले सुरुमा काठमाण्डौ उपत्यकाको रिङरोडमा विद्युतीय बस सञ्चालन गर्ने र निकट भविष्यमा देशभर विस्तार गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘भदौको पहिलो हप्ताभित्र विद्युतीय बस सञ्चालनमा ल्याउँदैछौँ ।’ 

विद्युतीय बसका लागि चार ठाउँमा चार्जिङ स्टेशन समेत राखिने अध्यक्ष थापाले बताउनु भयो । विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने जानकारी दिँदै उहाँले अग्रिम रकम तिरेर कार्ड लिएर बस चढ्न सकिने बताउनु भयो । निकै अवरोधका बाबजुद पनि विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएकोले सबैको सहयोगको आशा गरेको सुन्दर यातायातले जनाएको छ । 

कार्यक्रममा सुन्दर यातायात प्रा.लि.को वेबसाइट पनि विमोचन गरिएको थियो । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले दीप प्रज्वलन गरी वेबसाइटको विमोचन गर्दै सुन्दर यातायातको सफलताको कामना गर्नुभयो । 

यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले विद्युतीय सेवा सर्वसुलभ रहेको भन्दै यसको प्रोत्साहन गर्दै सुन्दर यातायातको प्रशंसा गर्नुभयो । त्यस्तै विद्युतीय सवारी साधनसम्बन्धी जानकार शैलेन्द्र बहादुर थापाले विद्युतीय यातायातले अर्थतन्त्रमा मात्र नभइ वातावरणमा पनि फाइदा पुग्ने धारणा राख्नुभयो । 

कार्यक्रममा सुन्दर यातायातका सञ्चालक सदस्य सुरेश पोखरेलले कम्पनीको भावी योजनाका बारेमा बताउनु भएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया