कीर्तिमानी रकममा मागुइरे म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

 साउन १८, २०७६ शनिबार ६:५३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस डिफेन्डर ह्यारी मागुइरेका लागि लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच कीर्तिमानी रकममा सहमति जुटेको छ ।

युनाइटेडले इंग्ल्याण्डका सेन्टर डिफेन्डर मागुइरेका लागि ८० मिलियन पाउण्ड खर्च गर्ने भएको छ । मागुइरेले अघिल्लो वर्षमात्रै लेस्टारमा पाँच वर्षको सम्झौता गरेका थिए ।

मेडिकल टेस्टपछि मागुइरेको स्थाइ रुपमा वल्ड ट्राफोर्ड आउने छन् । युनाइटेडले डिफेन्डरका लागि विश्व कीर्तिमानी रकम खर्चिएको हो । यसअघि भर्जिल भ्यान डाइकलाई साउथह्याम्टनबाट एन्फिल्ड भित्राउँदा लिभरपुलले ७५ मिलियन पाउण्ड खर्चिएको थियो ।

मागुइरे प्रिसिजनमा युनाइटेड आउने तेस्रो खेलाडी बनेका छन् । यसअघि युनाइटेडले आरोन वान बिसाका र डेनियल जेम्सलाई भित्र्याइसकेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया