धोनीलाई सातौँ नम्बरमा पठाउने निर्णय मेरो मात्र थिएन : ब्याटिङ प्रशिक्षक बांगर

 साउन १८, २०७६ शनिबार १२:१२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप २०१९ को पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डसँग भारत पराजित भएपछि भारतीय टिमको आलोचना हुँदै आएको छ । 

विशेषगरी टिमका सदस्यभित्र नै मनमुटाव भैरहेको छ । न्यूजिल्याण्डविरुद्धको खेलमा भारतीय टिमको ब्याटिङ अर्डर नमिलेको भन्दै व्यापक आलोचना र चर्चाको विषय भएको थियो । 

अहिले आएर भारतीय टिमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीलाई सातौँ नम्बरमा पठाइएको बारे भारतीय ब्याटिङ प्रशिक्षक सञ्जय बांगरले प्रस्ट पारेका छन् । सञ्जयले भने, ‘न्यूजिल्याण्डविरुद्धको खेलमा महेन्द्रसिंह धोनीलाई सातौँ नम्बरमा पठाउने निर्णय मेरो मात्र थिएन ।’

गएको जुलाई ९ मो खेलिएको खेलमा भारत न्यूजिल्याण्डसँग १८ रनले हार बेहोर्न बाध्य भएको थियो । त्यो खेलमा धोनीले सातौँ नम्बरमा ब्याटिङ गर्दै ५० रन बनाएका थिए ।

‘म हैरान छु, सबैले मलाई नै निशाना बनाइरहेका छन् । त्यो मेरो एक्लो निर्णय थिएन । सबैको सहमतिमा उनलाई सातौँ नम्बरमा मैदानमा उतारिएको हो । यसकाे पछाडि ४० देखि ५० ओभरकाे बीचमा धेरै रन बनाउनु थियाे’, बंगारले भने ।

न्यूजिल्याण्डसँगकाे खेलमा भारतीय टिमले हार बेहोरेसँगै महेन्द्रसिंह धोनीलाई सञ्जय बांगरले नै सातौँ नम्बरमा पठाएको भनेर आलोचना हुँदै आएको थियो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया